\
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदका उम्मेदवार रञ्जित कर्णले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। नेविसंघका पूर्वअध्यक्षसमेत रहेका उनले मधेसीतर्फको सहमहामन्त्रीमा उम्मेदवारी दिएका थिए ।
कर्णले डा शेखर कोइराला प्यानलका उम्मेदवार रामकृष्ण यादवलाई समर्थन गर्दै उम्मेदवारीरी फिर्ता लिएको घोषणा गरेका हुन्।
केन्द्रीय निर्वाचन समितिले तोकेको समयसीमा सकिएपछि उनले उम्मेदवारी फिर्ताको घोषणा गरेका हुन् । यसकारण मतपत्रमा उनको नाम पनि हुनेछ ।
यसअघि निर्वाचन समितिले प्रकाशन गरेको उम्मेदवारको अन्तिम नामावलीमा उनको नाम समावेश छ।
उनले डा. शेखर कोइराला प्यानललाई अत्यधिक मतले विजयी गराउन अपिल गर्दै आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।