ला लिगामा एथलेटिकोमाथि रियलको सहज जित

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको  ‘मड्रिड डर्बी’ मा रियल मड्रिडले जित निकालेको छ । घरेलु मैदानमा भएको खेलमा रियलले एट्लेटिको मड्रिडलाई २–० ले पराजित गरेको हो ।

सान्टियागो बर्नाबेउमा रियललाई सहज जित दिलाउन कप्तान करिम बेन्जिमा र मार्को एसेन्सियोले एकएक गोल गरे ।

खेलको १६ औं मिनेटमा  बेन्जिमामाले  भिनिसियस जुनियरले उपलब्ध गराएको क्रसमा भलीमार्फत उत्कृष्ट  गोल गर्दै रियललाई अग्रता  दिलाएका थिए ।

५७ औं  मिनेटमा भनिसियसकै पासमा एसेन्सियोले गोल गर्दै टोलीको अग्रता  दोब्बर बनाए । त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा रियलले सहज जित हात पारेको हो ।

यो जितसँगै र शीर्षस्थानमा आफ्नो पकड  मजबुद बनाएको रियलले १७ खेलबाट ४२ अंक जोडेको छ । पराजित एट्लेटिको समान खेलबाट २९ अंकका साथ चौथो स्थानमा  छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ७:४७:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया