नेपाली कांग्रेसको जारी १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । सभापतिको दौडमा शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र कल्याण गुरुङ रहेका छन् । गुरुङबाहेक बाँकी चार जनाले प्यानलसहित सभापतिको प्रतिस्पर्धामा मैदानमा उत्रिएका छन् ।
नेतृत्व चयनका लागि मतदानअघि आफू पक्षधर नेताहरूलाई देउवा समूहले बाँडेको मतपत्रको नमुनामा देउवा समूहमा शशांक कोइरालाको नाम पनि उल्लेख छ ।
कोइराला परिवारबाट शेखर प्यानलसहित सभापतिमा उम्मेदवारी दिएका बेला उनकै पारिवारिक सदस्य शशांक देउवा समूहमा रहँदा सुजाता कोइराला प्रकाशमान सिंह समूहबाट उपसभापतिको उम्मेदवार बनेकी छन् ।
देउवा समूहले बाँडेको नमुना मतपत्रमा ३५ सिटका लागि हुने खुला खुला सदस्यमा नाम उल्लेख छ । कांग्रेस निर्वाचन समितिले दिइने मतपत्रको क्रम संख्या ८१ शशांकको नाम रहेको जनाउ दिने गरी देउवा समूहले नमुना मतपत्र बाँडेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।