‘ए’ डिभिजन लिग : आज चौथो चरणका अन्तिम दुई खेल

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा  सोमबार दुई खेलहरू हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लबले  नेपाल पुलिस क्लबको सामना गर्नेछ  । यो  खेल दिउँसो १ बजे सुरु हुनेछ ।

संकटा आज दोस्रो जित निकाल्ने योजनासहित मैदान उत्रनेछ ।  ३ खेलमा ५ अंक जोडेर छैटौं स्थानमा रहेको संकटा  पुलिसलाई हराएर शीर्ष तीनमा उक्लन चाहन्छ ।

दोस्रो जितको खोजीमा रहेको पुलिस ५ अंक जोडेर सातौं स्थानमा  छ । संकटालाई हराएर पुलिस पनि शीर्ष तीनमा उक्लने प्रयासमा हुनेछ ।

दोस्रो खेलमा जावलाखेल युथ क्लब र ब्रिगेड ब्वाइज क्लबबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ पौने पाँच  बजे सुरु हुनेछ । अघिल्ला तीनै खेल गुमाएर अंक तालिकाको पुछारमा रहेको जावलाखेल पहिलो जितको खोजीमा छ ।

दोस्रो जितको खोजीमा रहेको ब्रिगेड ४ अंक जोडेर नवौं स्थानमा छ । ब्रिगेड जावलाखेललाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ९:७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया