कोइराला, सिंह र निधिले गरे मतदानस्थलको निरीक्षण, मतदान भने अझै सुरु भएन

नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनको नेतृत्वको लागि हुने आज सोमबार बिहान ८ बजे तय भएकोमा मतदान अझै सुरु भएको छैन । तर, सभापतिका   उम्मेदवारमध्येका शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले मतदान स्थलको निरीक्षण गरेका छन्  ।

उनीहरू बिहान फरक-फरक समयमा मतदानस्थल पुगेका थिए । सभापतिका लागि कोइराला, सिंह र निधिसहित शेरबहादुर देउवा र कल्याण गुरुङ चुनावी मैदानमा छन्  ।

निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले मतपत्र छाप्न ढिलाइ भएकाले मतदान सुरु हुन नसकेको बताए । ‘मतपत्र छापेर ल्याइएको छ केही छिनमै मतदान हुन्छ,’ उनले भने । 

मतदाता मतदान गर्न लामबद्ध भइसकेका छन् । भृकुटीमण्डप, राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार प्रदेश १, बाग्मती र सुदूरपश्चिम प्रदेशको भृकुटीमण्डप र बाँकी राष्ट्रियसभा गृह र प्रहरी क्लबमा मतदानका लागि व्यवस्था गरिएको हो । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार ९:५९:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया