दक्षिण अफ्रिकाका राष्ट्रपतिलाई कोरोना संक्रमण

दक्षिण अफ्रिकाका राष्ट्रपति साइरिल रामाफोसालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार परीक्षणपछिको रिपोर्टमा कोभिड पोजिटिभ दिएको राष्ट्रपतिको कार्यलयले जनाएको छ । 

राष्ट्रपतिलाई सामान्य लक्षण देखिएको जनाइएको छ । उनी आइतबार राजधानी केपटाउनस्थित एउटा कार्यक्रममा सहभागी भएका थिए । 

दक्षिण अफ्रिकामा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै संक्रमणदर पनि तीव्र दरमा बढेको छ । तर, राष्ट्रपतिलाई ओमिक्रोन देखिए/नदेखिएको भन्ने बारेमा केही प्रष्ट पारिएको छैन ।  





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १०:१४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया