कांग्रेस महाधिवेशन : मतदानस्थल छिर्न पाएनन् पत्रकार, क्यामेरा डाउन गरेर जनाए विरोध

नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको मतदानको समाचार संकलन गर्न पुगेका पत्रकारहरूलाई रोक लगाइएको छ । समाचार संकलनका लागि मतदानस्थलभित्र छिर्न रोक लगाइएपछि पत्रकारहरुले ‘क्यामेरा डाउन’ गराएका छन् । 

राष्ट्रिय सभागृह, भृकुटीमण्डपमा केहीबेर अघिमात्र मतदान सुरु भएको छ । जसको समाचार संकलनका लागि पुगेका पत्रकारहरूमाथि रोक लगाइएको छ । कांग्रेसले सञ्चारकर्मीहरूको लागि छुट्टै प्रेस पासको व्यवस्था गरेको थियो ।

यद्यपि रिपोर्टिङमा सक्रिय भएका पत्रकारहरुले भने अहिलेसम्म नै पास पाएका छैनन् । आफूहरू मतदान स्थलभित्र छिर्न नपाएपछि क्यामेरा डाउन गराइएको संचारकर्मीले बताएका छन् ।

अहिले सञ्चारकर्मी राष्ट्रियसभा गृह अगाडि र भृकुटीमण्डप गाडि क्यामेरा डाउन गराएर बसेका छन् ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १२:४:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया