पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : बालकृष्ण खाँण

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।

शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ ।

तर, पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने देउवा समूहबाट सदस्यमा पदमा उम्मेदवारी दिएका बालकृष्ण खाँणले जानकारी दिए । 

मतदान गरेर बाहिरिने क्रममा उनले पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने बताएका हुन् । 

देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उनले गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको बताए । 





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १३:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया