कांग्रेस महाधिवेशनमा पत्रकारलाई गरेको दुव्यर्वहारप्रति महासंघको आपत्ति
फाइल तस्वीर

नेपाल पत्रकार महासंघले नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा पत्रकारहरूमाथि भएको दुव्यर्वहारप्रति आपत्ति जनाएको छ । महासंघका महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै महाधिवेशनस्थलमा समाचार संकलनका लागि पुगेका पत्रकारमाथि प्रहरी र निर्वाचन समितिका सदस्यहरूले दुव्यर्वहार गरेकोप्रति आपत्ति जनाएका हुन् । 

महासंघले समाचार संकलनमा अवरोध गरेको भन्दै त्यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहान ८ बजेदेखि तोकिएको मतदान तीन घण्टा ढिलागरी सुरु भएको थियो । त्यस क्रममा मतदानको फोटो खिच्न जान लागेका पत्रकारहरूलाई प्रहरी र निर्वाचन समिति सदस्यहरूले भित्र जान नदिई दुव्यर्वहार गरेका थिए । उनीहरूको अवरोधपछि पत्रकारहरूले क्यामेरा डाउन गर्दै विरोध जनाएका थिए । निर्वाचन समितिले माफी मागेपछि आन्दोलनरत पत्रकारहरू काममा फर्किएका थिए । 

नेपाली कांग्रेसजस्तो जिम्मेवार पार्टीको महाधिवेशनमा पत्रकारलाई समाचार संकलनमा सहज बनाइनुपर्नेमा उल्टै दुव्यर्वहार गरिनु प्रेस स्वतन्ततामाथिको ज्यादती भएको विज्ञप्तिमा उल्लेख गरिएको छ । पत्रकारलाई निर्वाध रूपमा प्रेस स्वतन्त्रताको उपभोगको वातावरण बनाई प्रेस स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग महासंघले माग गरेको छ ।





  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार १४:१५:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया