अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिताको तयारी

काठमाडौं– नेपालले आगामी वर्ष हंगेरीमा हुने अन्तर्राष्ट्रिय रोबोट प्रतियोगिता (वर्ल्ड रोबोट ओलम्पियाड) मा सहभागी हुन तयारी थालेको छ । रोबोट प्रतियोगितामा नेपाल दोस्रोपटक सहभागी हुन लागेको हो । 

स्टेम फाउन्डेसन ओलम्पियाड नेपालको आधिकारिक संस्था हो । संस्थाले देशभरका ४० जिल्लामा विद्यार्थीका लागि आधारभूत तालीम सुरु गरेको छ । आाधारभूत तालिममा उत्कृष्ट गर्ने विद्यार्थीबाट नै छनोट गरिने फाउन्डेसन नेपालका अध्यक्ष सर्जन विसिले बताए । छनोट हुने उत्कृष्ट विद्यार्थी नेपालको तर्फबाट सो प्रतियोगितामा सहभागी हुनेछन् । 

प्रतियोगितामा विश्वभरका प्राथमिक विद्यालय तहदेखि स्नातक तहसम्मका विद्यार्थी सहभागी हुन सक्छन् । प्रतियोगीबीच वैज्ञानिक ज्ञान, रोबोट निर्माण र प्रदर्शनीमार्फत विभिन्न विधामा प्रतिस्पर्धा हुनेछ । गतवर्ष पहिलोपटक भएको र तयारीका लागि कम समय भएकाले त्यो सच्चाएर प्रतियोगितामा सहभागी हुने फाउन्डेसनको लक्ष्य छ । 

उनले भने, ‘हामीले सकेसम्म राम्रो तयारीका लागि अहिलेदेखि नै जुटेका छौं,’ नेपालले गतवर्ष नै ओलम्पियाडको सदस्यता पाएको थियो । 





  • प्रकाशित मिति : मंसिर ७, २०७५ शुक्रबार १६:८:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया