नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान क्षेत्रको अवलोकन गरेका छन् ।
सभापतिका उम्मेदवारसमेत रहेका उनी आफूले मतदान गरेको केही समयपछि फेरि मतदानस्थलमा प्रवेश गरेर अवलोकन गरेका हुन् ।
अवलोकनपछि उनी केहीबेर मतदानस्थल अगाडि बसेर आराम पनि गरेका थिए ।
कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ ।
१३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ ।
देउवासहित शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।