कांग्रेस महाधिवेशन : मतपत्र सकिएर दुईपटक रोकियो मतदान

नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत सोमबार मतदान भइरहेको छ । 

देशकै सबैभन्दा पुरानो र सत्ताको नेतृत्व गरिरहेको पार्टीको मतदान भने अव्यवस्थित देखिएको छ । 

विहान ८ बजेबाट सुरु गर्ने भनिएको मतदान मध्याह्न १२ बजेसम्म मतपत्र छपाइका कारण रोकिएको थियो । 

मतदान सुरु भए पनि उम्मेदवार धेरै भएकाले धेरैवटा मतपत्रको व्यवस्था रहेको छ । 

मतदान गर्न एक जना प्रतिनिधिलाई आधा घण्टादेखि १ घण्टासम्मको समय लागेको छ । 

तर, लगातार मतदान हुन सकिरहेको छैन । मतदान जारी रहँदा मतपत्र सकिएको भन्दै दुई पटक मतदान केही समयका लागि रोकिएर पुन: सुचारु भएको छ । राष्ट्रिय सभा गृहमा एक र भृकुटीमण्डपमा दुई गरी तीनवटा मतदान केन्द्रमा मतदान भइरहेको छ । 



मतदान बेलुका ९ बजेसम्म हुने भनिएको छ । ४ हजार ७४३ प्रतिनिधिले मतदान गर्ने छन् । सात बजेसम्म ३ हजार करिबले मतदान गरेका छन् । कूल १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । 



  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २०:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया