प्रचण्डको अभिव्यक्तिपछि शेयर बजारमा पहिरो

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेयर बजारका विषयमा दिएको अभिव्यक्ति पश्चात शेयर बजार मापक नेप्सेमा पहिरो गएको छ ।

प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिको विषयमा आइतबार देखि चर्को आलोचना भइरहेको छ । प्रचण्डको अभिव्यक्तिको असर सोमबार शेयर बजारमा भारी गिरावट देखिएको छ । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा बियरिस ट्रेन्डमा प्रवेश गरेको थियो । अझ शनिबार प्रचण्डले शेयर बजार प्रति दिएको अभिव्यक्तिले रहेको बजारमा पहिरो जान थप साथ दिएको देखिएको छ । प्रचण्डको अभिव्यक्ति कारण शेयर लगानीकर्ता त्रसित बनेका छन् ।

सोमबार शेयर कारोबारको सुरुवातदेखि नै बजार प्रभावित भएको थियो । सय अंकसम्म गिरावट भएको बजार ७९.२३ अंकले घटेको छ ।

सोमबार बजार ७९.२३ अंकले घटेर २२८२.०१ बिन्दुमा झरेको छ । नेपाली शेयर बजार इतिहासमा पहिलो पटक ३ हजार ९८.८३ विन्दुमा पुगरे उच्च रेकर्ड राखेको थियो । तर, उक्त उच्च रेकर्ड पछि विस्तारै घट्दै गएको बजार पुनः २ हजार ३ सयको विन्दुमा झरेको छ । आइतबार नेप्से परिसूचक ८८.७० अंक घटेर २३६१.२७ विन्दुमा झरेको थियो ।

सोमबार कारोबारमा आएका  २३३ कम्पनीको ९६ लाख ७९ हजार ७२ कित्ता शेयर ३ अर्ब ९९ करोड ५६ लाख ४ हजार १७७ रुपैयाँको कारोबार भएको छ । आइतबारको तुलनामा सोमबार कारोबार रकम बढेको छ । आइतबार ३ अर्ब १९ करोड ९१ लाख ७२ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यता ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १२.४७ अंकले घटेर ४३७.५९ बिन्दुमा झरेको छ ।  नेप्से परिसूचकका १३ उपसमूहको सूचक राताम्मे देखिएको छ । जसमा  बैंकिङ ३४.११, विकास बैंक २११.७६, जलविद्युत १०५.८२, फाइनान्स १३३.९१, निर्जीवन बीमा ५४५.९८, माइक्रोफाइनान्स १८७.३३, जीवन बीमा समूहको उपसूचक ४२५.३३ अंकले घटेको छ ।



बजार घटे पनि आज गोर्खाज फाइनान्स कम्पनीको शेयर मूल्य भने ९ प्रतिशतले  बढेको छ भने स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले गिरावट आएको छ ।



  • प्रकाशित मिति : मंसिर २७, २०७८ साेमबार २०:४७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया