कांग्रेस महाधिवेशन : १४०५ मत गणना गर्दा देउवालाई ६७८, कोइरालालाई ५२० मत
फरकधार / २८ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । निर्वाचन समितिका अनुसार अहिलेसम्म १४०५ मत गणना भइसकेको छ । 



मतगणनामा सभापतिका पाँच उम्मेदवारमध्ये शेरबहादुर देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धी देखिएको छ ।  



१४०५ गणना गर्दा शेरबहादुर देउवाले ६७८, शेखर कोइरालाले ५२०, प्रकाशमान सिंहले १०७, विमलेन्द्र निधिले ७६ र कल्याण गुरुङले ५ मत पाएका छन् ।  



मतगणना आज बिहान ४ बजेदेखि सुरु भएको हो । मतगणनामा सुरुवाती अग्रता देउवाकै छ । महाधिवेशनमा ४ हजार ७ सय ४३ जना मतदातामध्ये ४ हजार ६ सय ७९ ले मतदान गरेका थिए ।



सभापतिमा विजयी हुन उम्मेदवारले कम्तिमा २३४० मत प्राप्त गर्नुपर्ने हुन्छ । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ६:२५:३९,   अन्तिम अपडेट : मंसिर २८, २०७८ मंगलबार ६:२९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया