कांग्रेस महाधिवेशन
सभापतिमा देउवाको अग्रता कायमै, कोइराला २२९ मतले पछि
फरकधार / २८ मंसिर, २०७८

नेपाली कांग्रेस १४ औं महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना जारी छ । हालसम्म २१०६ मत गणना भएको छ । जसमा सबैभन्दा बढी शेरबहादुर देउवाले ९९१ मत ल्याएका छन् । 



उनलाई निकटतम प्रतिस्पर्धी शेखर कोइराला पछ्याइरहेका छन् । कोइरालाले ७६२ मत पाउँदा प्रकाशमान सिंहको १७४, विमलेन्द्र निधिको १३७ र कल्याण गुरुङले ९ मत छ ।

सोमबार मतदान भएकोमा रातिदेखि राष्ट्रिय सभा गृहमा सभापति पदको मतगणना भइरहेको हो । नयाँ नेतृत्व चयनका लागि ४ हजार ६७९ मत खसेको छ । 



कांग्रेसको विधानअनुसार सभापति निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । खसेको मतको आधारमा पहिलो चरणमै सभापति चुनिन २३४१ मत प्राप्त गर्नुपर्नेछ । 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ६:५६:१,   अन्तिम अपडेट : मंसिर २८, २०७८ मंगलबार ६:५७:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया