पौडेलविरुद्ध चियापानमै नेता तथा कार्यकर्ताले गरे नाराबाजी

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध पार्टी नेता/कार्यकर्ताले नाराबाजी गरेका छन् । पौडेलले महाधिवेशन प्रतिनिधिको सम्मानमा मंगलबार लैनचौरस्थित ब्याङ्क्वेटमा गरेको चियापानमा उनीविरुद्ध नेता/कार्यकर्ताले नाराबाजी गरेका हुन् ।

पौडेलले सभापतिका प्रत्यासी डा.शेखर कोइरालाको पक्षमा नबोलेको भन्दै महाधिवेशन प्रतिनिधिहरूले नाराबाजी गरेका थिए । कार्यकर्ता आक्रोशित भएपछि सुरक्षाकर्मीले पौडेललाई जोगाएर सुरक्षित ठाउँमा लगेका छन् ।

यदि पौडेलले कोइरालाको पक्षमा मत हाल्न अपिल गरेको भए उनको मत बढी आउने र दोस्रो चरणमा देउवालाई सहजै पराजित गर्ने शेखर पक्षका महाधिवेशन प्रतिनिधिको दाबी छ ।

नेपाली कांग्रेसको नेतृत्वका लागि भएको निर्वाचनअन्तर्गत सभापतिको मतगणनाको अन्तिम परिणाममा कसैले बहुमत प्राप्त गर्न नसकेपछि अब दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने छ ।

पौडेलले आयोजना गरेको चियापानमा प्रधानमन्त्री देउवा पनि पुगेका छन् । ५१ प्रतिशत मत नआएपछि महाधिवेशन प्रतिनिधिलाई मनोवैज्ञानिक दबाब दिन पनि देउवा चियापानमा पुगेको कोइराला निकट नेताहरूको दाबी छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १०:५१:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया