काठमाडौ– सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटासँग नेपालका लागि जापानका राजदूत मासामिची साइगोले आज मन्त्रालयमा भेटघाट गरेका छन् ।
भेटमा उनीहरुबीच नेपालमा सूचना तथा प्रविधि क्षेत्रमा जापानी लगानी बढाउने विषयमा छलफल भएको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सो अवसरमा मन्त्री बाँस्कोटाले नेपाललाई प्राप्त अर्विटल स्टलमा आफ्नै स्याटलाइट स्टेसन राख्ने र दूरसञ्चार तथा हुलाक सेवालाई उन्नत बनाउन नेपालले प्रयत्न गरिरहेको चर्चा गर्दै यसका लागि जापानी पुँजी, प्रविधि र दक्षता नेपालमा भित्र्याउन राजदूत साइगोसँग आग्रह गरे ।
राजदूत साइगोले जापानको निजी क्षेत्रलाई नेपालको सञ्चार तथा प्रविधि क्षेत्रमा लगानी बढाउन आफूले पहल गरिराखेको उल्लेख गर्दै थप लगानी ल्याउने दिशामा आफू अझै लागि पर्ने विश्वास दिलाएको विज्ञप्तिमा उल्लेख छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।