देउवालाई सहयोग गर्ने प्रकाशमानको निर्णयमा विश्वप्रकाशको समर्थन

नेपाली कांग्रेसको सभापतिको दोस्रो चरणको निर्वाचनमा प्रकाशमान सिंहले शेरबहादुर देउवालाई सहयोग गर्ने निर्णयप्रति विश्वप्रकाश शर्माले समर्थन जनाएका छन् । 

मंगलबार बिहान चाक्सीबारीमा भएको भेटवार्तामा सभापतिको निर्वाचनमा सिंहले देउवालाई समर्थन गर्ने सहमति भएको हो । शर्मा सिंहको प्यानलबाट महामन्त्रीका उम्मेदवार हुन् ।

‘सर्वसम्मति सर्वोत्तम ! दोस्रो चरणमा जानैपर्दा प्रस्ट्याउँदछु– नेता प्रकाशमान सिंहको नेतृत्वमा महामन्त्रीको उम्मेदवार भएकाले उहाँ उभिनु भएको ठाउँमा म उभिनुपर्छ । पराजित भए पनि उहाँलाई साथ दिनु मेरो कर्तव्य हो । सही निर्णय गर्न सक्ने उहाँको क्षमताप्रति म विश्वस्त छु,’ शर्माले ट्विटमार्फत भनेका छन् । 






  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ११:३५:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया