कांग्रेस महाधिवेशन : प्रधानमन्त्री देउवा पुगे निधि निवास

प्रधानमन्त्री शेरबहादुर देउवा नेता विमलेन्द्र निधि निवासमा पुगेका छन्। 

अहिले देउवा र निधिबीच छलफल भइरहेकाे छ । 

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सभापतिको पदको लागि दोस्रो चरणको निर्वाचन आज दिउँसो साढे ३ बजेबाट सुरु गरिने भएको छ । 

पहिलाे चरणमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत नपाउँदा दाेस्राे चरणकाे निर्वाचन हुन लागेकाे हाे ।

यसअघि नै देउवा सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह निवास चाक्सीबारी पुगेर उनको समर्थन हासिल गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार ११:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया