कांग्रेस महाधिवेशन : कल्याणले पनि देउवालाई समर्थन गर्ने

सभापतिको दोस्रो चरणको मतदानमा सभापतिका प्रत्यासी कल्याणकुमार गुरुङले पनि शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

सभापतिको दोस्रो चरणको मतदानमा आफूले देउवालाई नै समर्थन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।

‘अहिले हामी सबै साथीभाइसँगै छौं । प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि सभापतिज्यूलाई समर्थन गर्ने निर्णय गर्नुभएछ । त्यसैले हामीले पनि दोस्रो चरणको मतदानमा देउवालाई नै समर्थन गर्ने निर्णय गरेका छाैं,’ गुरुङले भने । 

उनले सभापतिको निर्वाचनमा २० मत प्राप्त गरेका थिए । 
 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया