चन्द्र भण्डारीको प्रश्न : कसरी ढले ठूला भनिएका खम्बाहरू?

नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सत्ताबाट शक्ति प्राप्त हुन्छ भन्ने चिन्तन कति बलियो छ भनेर प्रश्न गरेका छन् । जारी १४ औं महाधिवेशनमा शेखर कोइरालाको समूहबाट उपसभापतिका उम्मेदवारसमेत रहेका भण्डारीले सामाजिक सञ्जालमार्फत देउवातर्फ इंकित गर्दै सो प्रश्न गरेका हुन् । 

सभापतिको मतगणना सकिएपछि देउवालाई अन्य सबै उम्मेदवारले सहयोग गर्ने घोषणा गरेपछि भण्डारीले यस्तो बताएका हुन् । सभापतिका उम्मेदवारहरू प्रकाशमान सिंह र विमलेन्द्र निधिले देउवालाई नै दोस्रो चरणमा सघाउने बताएका छन् । 

सामाजिक सञ्जालमार्फत भण्डारीले भनेका छन्, ‘शक्ति सत्ताबाट प्राप्त हुन्छ भन्ने चिन्तन कति बलियो छ? कसरी ढले ठूला भनिएका खम्बाहरू !’

सभापतिमा शेखर कोइराला र देउवाबीच दोस्रो चरणको निर्वाचन हुँदैछ । जसमा नेताहरुले आ–आफ्नो समर्थनबारे घोषणा गरिरहेका छन् । 





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १२:३८:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया