भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी मध्यरातमा बनारसका सडकहरूको अवलोकन गरेका छन् । मंगलबार बिहान साढे १२ बजे प्रधानमन्त्री मोदीले आफ्नो निर्वाचन क्षेत्र बनारसका विभिन्न स्थानको अवलोकन गरेका हुन् ।
सो अवसरमा उनले काशीका महत्त्वपूर्ण विकास निर्माणका आयोजना, कोरिडरलगायतका क्षेत्रको निरीक्षण गरेका थिए ।
मोदीलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले साथ दिएका थिए । विभिन्न क्षेत्रको अवलोकन गरेपछि मोदीले गंगामा स्नान गरेर काशी विश्वनाथ मन्दिरको दर्शन गरेका थिए ।
उत्तर प्रदेशमा आगामी वर्ष विधानसभा निर्वाचन हुँदैछ । बनारस भ्रमणको विभिन्न तस्विर मोदीले ट्विट गरेका थिए । मोदीले रेल कनेक्टिभिटी चुस्त र सुबिधा सम्पन्न बनाउन निर्देशन दिएका थिए । मोदीले रेलमार्ग स्टेसन वृद्धि गरिने पनि प्रतिबद्धता जनाएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।