शेखर कोइरालाको मतदातालाई आग्रह : विवेक पुर्याएर मतदान गर्नुहोस्

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले मतदाताहरूले विवेक पुर्‍याएर दोस्रो चरणको निर्वाचनमा मतदान गर्ने विश्वास व्यक्त गरेका छन् ।

मतदाताको एक मतले नेपालको भविष्य परिवर्तन हुने उनको भनाइ छ । त्यही भएर सभापति पदमा दोस्रो चरणको निर्वाचन हुन लाग्दा पत्रकार सम्मेलन गर्दै डा. शेखरले मतदाताहरूले विवेक पुर्‍याउँदै अन्तरआत्मको प्रतिविम्वित मतमा व्यक्त गर्ने विश्वास लिएका हुन् । 

मतदानमा गुट-उपगुट र भागबण्डालाई बिर्सिन पनि उनको आग्रह छ । यससँगै उनले आफू कांग्रेस सुधारको पक्षमा रहेको पनि बताएका छन् । 

‘म नेपाली कांग्रेसको समग्र जीवनमा परितर्वन र सुधार गर्ने प्रतिज्ञा गरिरहेको छु । व्यवस्थित नेपाली कांग्रेसभित्र अव्यवस्थाको चाङ लागेको छ । त्यसलाई व्यवस्थित गर्ने प्रयास गर्नेछु’, डा. कोइरालाले भने ।
 
गएको ४-५ वर्षयता कांग्रेस रूपान्तरण र पुनर्जागरणको पक्षमा रहेको र सभापति निर्वाचित भएको अवस्थामा त्यसलाई तार्किक निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता पनि जनाएका छन् । 

यस्तै, उनले देश, जनता, लोकतन्त्र र आउँदो पुस्ताको सुखद् जीवनको लागि सम्पूर्ण जीवन समर्पण गर्न चाहेको उल्लेख गरे । 

पहिलो चरणको मतदानमा मत दिने मतदाताहरूप्रति उनले कृतज्ञता व्यक्त पनि गरेका छन् । दोस्रो चरणको निर्वाचनबाट जस्तो परिणाम आए पनि स्वीकार्ने बताए ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १४:२२:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया