नेपाली कांग्रेस १४ औं महाधिवेशनमा सभापतिका लागि हुन लागेको दोस्रो चरणको मतदानमा शेरबहादुर देउवालाई शशांक कोइरालाले पनि समर्थन गर्ने भएका छन् ।
यसअघि पहिलो चरणमा सभापतिको उम्मेदवार रहेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि सभापतिमा देउवालाई समर्थन गरेका थिए ।
शशांकको पनि समर्थन पाएपछि देउवा सभापतिमा हुने निश्चित भएको छ ।
तर, उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाले चाहिँ आफू देउवासँग निर्वाचनमा होमिने बताएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएपछि शशांकले पनि देउवालाई समर्थन गर्न लागेका हुन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।