नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति चुन्नका लागि दोस्रो चरणको मतदान प्रक्रिया सुरु भएको छ । मतदान स्थलमा सभापतिका दुई प्रत्याशी शेरबहादुर देउवा र शेखर कोइराला पुगेका छन् ।
दुवै जनाले मतदातालाई आफूलाई मतदान गर्न अनुरोध गरेका छन् ।
यसअघि भएको निर्वाचनमा देउवालाई ५० प्रतिशत मतका लागि ८२ मत पुगेको थिएन । दोस्रो चरणमा उनलाई प्रकाशमान सिंह, विमलेन्द्र निधि र शशांक कोइरालाको साथ रहेको छ ।
मतदानस्थलमा फरकधारकर्मीले खिचेका केही तस्वीरः
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।