कांग्रेस महाधिवेशनः मतदान स्थलमा देउवालाई कुर्सीको व्यवस्था, अरु उभिएर मत माग्दै (फोटोफिचर)

नेपाली कांग्रेसको सभापति चयन गर्न आज दोस्रो चरणको निर्वाचन सुरु भइसकेको छ । 

काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा मतदान भइरहेको छ । 

हिजो भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि आज दोस्रो चरणको निर्वाचन गरिएको हो । 

दोस्रो चरणको निर्वाचनमा सभापति पदमा प्रधानमन्त्री समेत रहेका कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । 

दोस्रो चरणको निर्वाचनमा जसले बढी मत पाउँछ उसैलाई विजयी घोषणा गर्ने प्रावधान छ । 

आफ्नो जित सुनिश्चित गर्नको लागि मतदातालाई आकर्षित गर्न सभापतिका दुवै उम्मेदवार सभा गृहमा रहेका छन् । 



मतदातालाई आकर्षित गर्न प्रधानमन्त्री देउवा कुर्सीमा बसेर महाधिवेशन प्रतिनिधिहरूलाई नमस्कार गरिरहेका छन् भने अन्य भने उभिएर मतदातालाई नमस्कार गरिरहेका छन् । 



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १६:३२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया