बागमतीका मन्त्रीहरुको शपथग्रहणमा सञ्चारकर्मीलाई रोक

बागमती प्रदेशको मन्त्रीहरुको शपथग्रहणमा सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको छ ।
मंगलबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ६ जना मन्त्री थप गरेका थिए । 

मन्त्रीहरुको शपथग्रहणमा पत्रकारलाई प्रवेश गर्न रोक लगाइएको छ । यसअघि प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको शपथग्रहणमा पनि सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाइएको थियो । मंगलबार पनि साँझ ५ बजेको लागि राखिएको शपथग्रहणमा यतिबेलासम्म पत्रकारहरुलाइ प्रवेश गर्न दिइएको छैन । 

प्रदेश प्रमुख कार्यालयमा शपथग्रहण कार्यक्रमको समाचार संकलन गर्न आएका सञ्चारकर्मीलाई प्रदेश प्रमुखको आदेश भन्दै रोक लगाइएको हो । सरकारी सञ्चारमाध्यमका सीमित पत्रकारलाई मात्रै प्रवेश गर्न दिएर निजी संस्थाका पत्रकारलाई प्रवेशमा रोक लगाएको भन्दै सञ्चाररकर्मी विरोध गरिरहेका छन् । 

सञ्चारकर्मीलाई बाहिर राखेर भित्र शपथग्रहण कार्यक्रम गरिरहेको भन्दै उनीहरुले प्रदेश प्रमुख र बागमती प्रदेश सरकारको विरोध गरेका छन् । नेपाल पत्रकार महासंघ मकवानपुरका निवर्तमान अध्यक्ष हरि हुमागाईंंले प्रदेश प्रमुखले सञ्चाकर्मीसँग शपथग्रहणमा सञ्चारकर्मीलाई प्रवेश गर्न रोक लगाइएको आरोप लगाए । 

प्रदेश प्रमुख कार्यालयमा पटक–पटक सन्चारकर्मीलाई समाचार संकलनमा रोक लगाइएको भन्दै उनीहरुले विरोध जनाएका छन् । ५ बजेदेखि समाचार संकलन गर्न आएका सञ्चाकर्मी प्रदेश प्रमुख कार्यालयको गेटबाहिर उभिइरहेका छन् भने भित्र मन्त्रीहरुको शपथग्रहण चलिरहेको छ ।





  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार १८:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया