नेपाली कांग्रेसको सभापतिका लागि भएको दोस्रो चरणको मतदान सम्पन्न भएको छ । मतदान सम्पन्न भएपछि अहिले तीनवटै मतपेटिका राष्ट्रिय सभागृहमा पुर्याइएको छ ।
मतगणना गरिने केही समयमा गरिने निर्वाचन सिमतिले जनाएको छ । दोस्रो चरणमा चार हजार तीन सय ७५ मत मात्रै खसेको छ ।
सो निर्वाचनका लागि कुल ४ हजार ७४३ प्रतिनिधि छन् । यसअघि कुल ४ हजार ६ सय ८१ मत खसेको थियो ।
मंगलबार साढे ३ बजेदेखि सुरु भएको मतदान राति ९ बजे सकिएको हो । सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा छ ।
निर्वाचनको परिणाम आजै राति आउने निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।