कांग्रेस महाधिवेशनः कसरी गरिँदै छ दोस्रो चरणको मतगणना ?

१४ औं महाधिवेशनबाट पार्टीका लागि नयाँ नेतृत्व छान्न नेपाली कांग्रेसले आज गरेको सभापतिका लागि मतदानको दोस्रो चरणको मतगणना सुरु भएको छ । 

पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको मतदान मंगलबार दिउँसो गरिएको थियो ।

मंगलबार भएको निर्वाचनमा सभापतिका लागि मत खसाल्न तीन वटा ड्रम प्रयोग गरिएको थियो । 

अब यी ड्रममा खसेका मत तीन ठाउँमा नै गणना गर्न लागिएको हो । एक घन्टा पहिले सुरु गर्ने तय भए पनि मतगणना साढे ११ बजेबाट सुरु भएको छ ।

कांग्रेसको निर्वाचन समितिले दिएको जानकारी अनुसार करिब ३ घन्टामा यो मतगणना सकिनेछ ।

नेपाली कांग्रेसमा पहिलो चरणमा पाँच जनाले कांग्रेस सभापतिका लागि उम्मेदवारी दिएका थिए । तर, कसैले पनि ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् । पहिलो चरणमा पहिलो र दोस्रो भएका क्रमशः शेरबहादुर देउवा र शेखर कोइराला अहिले प्रतिस्पर्धामा छन् ।



पहिलो चरणमा देउवाले सभापतिमा निर्वाचित हुनका लागि आवश्यकभन्दा ८२ मत कम ल्याएका थिए । उनले २२५८ मत ल्याएका थिए । कोइरालाले चाहिँ १७०३ मत ल्याएका थिए ।

पहिलो चरणमा तेस्रो, चौथो र पाँचौ भएका क्रमशः प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले मात्र होइन, शशांक कोइरालाले समेत यो दोस्रो चरणमा देउवालाई समर्थन गरेका छन् ।



  • प्रकाशित मिति : मंसिर २८, २०७८ मंगलबार २३:४०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया