नेपाली कांग्रेसको सभापति चुन्नका लागि मंगलबार दिउँसो भएको मतदानको परिणाम केही समयपछि आउँदै छ । दिउँसो भएको मतदानको मतगणना केही समयअघि मात्र सुरु भएको हो ।
निर्वाचन समितिले यो नतिजा आउन ३ घन्टा लाग्न सक्ने बताएको छ ।
आउनुहोस्, चर्चा गरौँ यसमा कसले कति मत ल्याएमा सभापतिमा निर्वाचित हुन्छन् त भन्नेबारे ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि मतदानमा खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । आज भएको मतदानमा ४ हजार ५ सय ६२ मत खसेको थियो ।
यो सभापतिका लागि पहिलो चरणमा भएको मतदानमा खसेको मतभन्दा कम हो । अब सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवा वा शेखर कोइरालाले २ हजार २ सय ८२ मत ल्याउनु पर्ने हुन्छ ।
यसअघि पहिलो चरणमा सभापतिका आकांक्षी पाँचै जना कसैले पनि आवश्यक पचास प्रतिशत मत ल्याएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।