नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनको दोस्रो चरणको मतगणनामा १३ सय मत गनिएको छ ।
निर्वाचन समितिले दिएको जानकारीअनुसार १३ सय मत गन्दा शेरबहादुर देउवाले ७६१ मत ल्याएका छन् ।
अनि सभापतिका अर्का प्रत्याशी शेखर कोइरालाले ५२७ मत ल्याएका छन् ।
दोस्रो चरणको निर्वाचनमा सभापतिका लागि पहिलो चरणमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भएको छ ।
निर्वाचनमा शेरबहादुर देउवालाई यसअघि पहिलो चरणका सभापतिका उम्मेदवार प्रकाशमान सिंह र विमलेन्द्र निधिको पनि साथ रहेको छ ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुनका लागि मतदानमा खसेको मतमध्ये ५० प्रतिशतभन्दा बढी मत ल्याउनु पर्ने हुन्छ । आज भएको मतदानमा ४ हजार ५ सय ६२ मत खसेको थियो ।
यो सभापतिका लागि पहिलो चरणमा भएको मतदानमा खसेको मतभन्दा कम हो । अब सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवा वा शेखर कोइरालाले २ हजार २ सय ८२ मत ल्याउनु पर्ने हुन्छ ।
यसअघि पहिलो चरणमा सभापतिका आकांक्षी पाँचै जना कसैले पनि आवश्यक पचास प्रतिशत मत ल्याएका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।