हजार मत कटाए देउवाले
फरकधार / २९ मंसिर, २०७८

कांग्रेस सभापतिकाे दाेस्राे चरणकाे निर्वाचनकाे मतगणना भइरहेकाे छ । 



१८ सय मत गन्दा शेरबहादुर देउवाले १ हजार ४० मत पाएका छन् । त्यस्तै शेखर काेइरालाले ७ सय ४१ मत पाएका छन् । 

मंगलबार भएकाे मतदानमा ४ हजार ५ सय ६२ मत खसेको थियो । 



यो सभापतिका लागि पहिलो चरणमा भएको मतदानमा खसेको मतभन्दा कम हो । अब सभापतिमा निर्वाचित हुनका लागि शेरबहादुर देउवा वा शेखर कोइरालाले २ हजार २ सय ८२ मत ल्याउनु पर्ने हुन्छ ।



यसअघि पहिलो चरणमा सभापतिका आकांक्षी पाँचै जना कसैले पनि आवश्यक पचास प्रतिशत मत ल्याएका थिएनन् ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १:०:२९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया