२ हजार मत गन्दा देउवाको ५० प्रतिशतभन्दा बढी

नेपाली कांग्रेसले दोस्रो चरणमा भएको सभापति निर्वाचनको मत परिणाममा झन्डै आधा मत गनिसकेको छ। 

निर्वाचन समितिले दिएको जानकारीअनुसार २ हजार मत गन्दा शेरबहादुर देउवाले ११६३ मत ल्याएका छन् । 

त्यस्तै, शेखर कोइरालाले ८ सय १६ मत ल्याएका छन् । देउवाले २ हजार मतमा ५० प्रतिशतभन्दा बढी ल्याएका हुन् । 

कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।

यसअघि पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी पाँचै जनाले ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १:९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया