नेपाली कांग्रेसकाे सभापति चुन्नका लागि भएकाे मतदानकाे ३०६३ मत गनिएकाे छ ।
यसमा शेरबादुर देउवाले १८४४ मत ल्याएका छन् । अर्का प्रत्याशी शेखर काेइरालाले ११९५ मत ल्याएका छन् ।
कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।
यसअघि पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी पाँचै जनाले ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।