शेरबहादुर देउवा दोस्रो पटक कांग्रेस सभापतिमा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । देउवाले प्रतिस्पर्धी डा. शेखर कोइरालालाई हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् । 

काठमाडौंमा भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट देउवा दोस्रो पटक नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका हुन् । 

यसअघि उनी १३ औं महाधिवेशनबाट पनि सभापतिमा निर्वाचित भएका थिए । 

कांग्रेस विधानअनुसार हरेक पाँच वर्षमा महाधिवेशन गर्नु पर्ने भए पनि यसपटक कोरोनाभाइरस महामारीका कारण केही महिना ढिला महाधिवेशन गरिएको हो ।

महाधिवेशनमा पहिलो चरणमा देउवा र सभापतिका अन्य प्रत्याशी डा. शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन सकेका थिएनन् । 

त्यसैले, मंगलबार दिउँसो भएको मतदानमा पहिलो चरणमा पहिलो र दोस्रो भएका शेरबहादुर देउवा र शेखर कोइराला सभापति पदका लािग उम्मेदवार भएका थिए । पहिलो चरणको भन्दा दोस्रो चरणमा झन्डै डेढ सयभन्दा कम ४ हजार ५ सय ६३ मत खसेको थियो ।



देउवा कांग्रेसमा सभापति हुने सातौँ व्यक्ति हुन् । उनीभन्दा अगाडि कांग्रेसको १२ ओं महाधिवेशनबाट सुशिल कोइराला सभापतिमा निर्वाचित भएका थिए । 

१३ औं र १४ औं महाधिवेशनमा देउवा सभापतिमा निर्वाचित भएसँगै अब नेपाली कांग्रेसमा लामो विरासत बोकेको कोइराला परिवार मूल नेतृत्वबाट १० वर्ष अलग हुने निश्चित भएको छ ।



कांग्रेसमा सबैभन्दा लामो विश्वेश्वर प्रसाद कोइराला २९ वर्ष सभापति भएका छन् । त्यस्तै, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला समान १४ वर्ष सभापति भएका छन् । 

डडेलधुरामा जन्मिएका देउवा गत पुसमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको संसद पुनस्र्थापनासँगै परमादेश दिए पछि अहिले प्रधानमन्त्री समेत हुन् ।


  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २:३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया