११ सय मत गन्न बाँकी, देउवा सभापतिमा निर्वाचित हुन २ सय ४५ मत आवश्यक
फरकधार / २९ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

नेपाली कांग्रेसको नयाँ नेतृत्वमा सभापति छान्नका लागि भएको दोस्रो चरणको निर्वाचनबाट सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुन अब केही मत मात्र बाँकी छ । 



अहिलेसम्म गणना भएको ३४१८ मतमा देउवाले २०४५ मत पाएका छन् ।



उनका प्रतिस्पर्धी डा. शेखर कोइरालाले १३४७ मत पाएका छन् । अहिलेसम्म २६ मत बदर भएको निर्वाचन समितिले जानकारी दिएको छ ।



कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५६३ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने हुन्छ ।



यसअघि पहिलो चरणको निर्वाचनमा सभापतिका आकांक्षी पाँचै जनाले ५० प्रतिशत मत ल्याउन सकेका थिएनन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १:५५:४३,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया