नेपाली कांग्रेसमा नयाँ सभापति छान्नका लागि मंगलबार भएको निर्वाचनको नतिजा आउने क्रम जारी छ । अब केही समय मत गन्न मात्र बाँकी छ ।
यसअघि पहिलो चरणमा सभापतिका कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत कटाउन नसकेपछि मंगलबार दोस्रो चरणको निर्वाचन भएको थियो ।
अनि यो निर्वाचनमा सभापतिका लागि शेरबहादुर देउवा र शेखर कोइराला प्रतिस्पर्धामा थिए ।
निर्वाचनमा पहिलो चरणमा सभापतिका उम्मेदवार प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले मात्र होइन, शशांक कोइरालाले पनि सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका थिए ।
पहिलो चरणको निर्वाचनमा देउवाले २२५८ मत पाएका थिए । यो सभापतिमा निर्वाचित हुन देउवाले पाउनु पर्ने मतभन्दा ८२ मत कम हो । उनीसँग प्रतिस्पर्धामा दोस्रो चरणमा पनि रहेका शेखर कोइरालाले १७२९ मत पाएका थिए । प्रकाशमान सिंहले ३ सय ७१ र विमलेन्द्र निधिले २ सय ४९ मत पाएका थिए ।
कोइरालाले दोस्रो चरणको निर्वाचनमा पनि यही हाराहारीमा नै मत ल्याए । यसमा खासै भिन्नता देखिएन । यसको अर्थ हो, उनले आफ्नो भोट बैंक सुरक्षित गरेका छन् । यसले उनलाई अब कांग्रेसमा दोस्रो शक्तिका रुपमा विकास गर्न सहयोग गर्नेछ ।
तर दाेस्राे चरणमा उनकाे लागि केही मत भने बढेकाे छ। दाेस्राे चरणमा उनले १८१७ मत ल्याएका छन् ।
कांग्रेसमा सभापति छान्न मंगलबार अबेर दोस्रो चरणको मतदान सम्पन्न भएको थियो । निर्वाचनमा ४५७४ मत खसेको थियो । सभापतिमा निर्वाचित हुनका लागि २२८२ मत ल्याउनु पर्ने थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।