देउवाको विजयीले लोकतन्त्र सुदृढ हुन्छ : बालकृष्ण खाँण

दोस्रोपटक कांग्रेस सभापतिमा निर्वाचित शेरबहादुर देउवाको कार्यकालमा लोकतन्त्र सुदृढ हुने र पार्टीलाई अझ सक्षम र सुदृढ बनाउने उनी निकटस्थ नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले बताएका छन् ।

पार्टीको १४ औँ महाधिवेशनबाट देउवा सभापतिमा पुनः निर्वाचित भएपछि पत्रकारसँग कुरा गर्दै नेता खाँणले देउवा नेपाली राजनीतिका परिपक्व नेता भएको टिप्पणी गरे । 

‘प्रजातान्त्रिक शक्ति हासिल गरेर उहाँ सभापतिमा निर्वाचित हुनु भएको छ । पार्टी सहमति र सहकार्यमै अगाडि बढ्छ । उहाँको नेतृत्वमा स्थानीय, प्रदेश र संघको निर्वाचन हुन्छ । त्यसका लागि तयारी हुनेछ,’ उनले भने ।

कांग्रेसलाई अझ सुदृढ र क्रियाशील बनाएर लैजाने अभिभारा रहे पनि आफूहरूमा केही व्यवस्थापकीय कमीकमजोरी रहेको स्वीकार गर्दै खाँणले त्यस्ता कमीकमजोरी सुधार गर्दै लगिने बताए ।   





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार ७:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया