प्रदेश १ का मुख्यमन्त्री राईले सरकारी भवनमा आवास सारे, मन्त्रीहरूलाई पनि सरकारी भवनमै सारिने
फरकधार / २९ मंसिर, २०७८

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले मन्त्रीहरूको आवास सरकारी भवनलाई नै बनाउने बताएका छन् । 



उनी स्वयंले पनि आजबाट सुनसरी मोरङ सिँचाइ आयोजनाको सरकारी भवनलाई आवासको रूपमा प्रयोग गर्न थालेका छन् । 

सरकारी भवनमा सर्दै मुख्यमन्त्री राईले निजी भवनमा भाडामा बस्दा सरकारको खर्च बढ्ने भन्दै प्रदेशका सबै मन्त्रीहरू सरकारी भवनमा नै बस्ने व्यवस्था मिलाएकाे जानकारी दिए ।



खाली सरकारी भवनको खाजी कार्य भइरहेको र चाँडै अरू मन्त्रीहरूलाई पनि सरकारी भवनमै आवास मिलाउने उनकाे भनाइ छ ।



उनले काठमाडाैंमा रहेको मुख्यमन्त्रीको सम्पर्क कार्यालय र क्वाटर पनि बन्द गरिएको बताए।

उनका अनुसार मासिक ४ लाख रुपैयाँभन्दा बढी भाडा काठमाडाैं सम्पर्क कार्यालयका लागि सरकारले तिर्दै आएकाे थियाे ।

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १०:४९:९,  

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया