नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । आज एक सन्देश जारी गर्दै पौडेलले देउवालाई सफल कार्यकालको शुभकामना दिएका हुन् ।
उनले संविधान अहिले पनि खतरामुक्त नभएकाले एकताबद्ध र सुदृढ कांग्रेस निर्माण गर्नुको विकल्प नभएको पनि बताएका छन् ।
‘हामी राष्ट्रिय जीवन र पार्टी जीवनको इतिहासको अत्यन्तै गम्भीर मोडमा छौं । एकातिर सात दशक लामो संघर्षबाट नेपाली जनताले स्थापित गरेको लोकतन्त्र र संविधान सभामार्फत जारी संविधान अहिले पनि खतरामुक्त भइसकेको छैन भने अर्कातिर नेपाललाई अस्थिरता र अधोगतितिर धकेल्ने प्रपञ्च जारी छन्,’ पौडेलले लेखेका छन्, ‘यी दुवै संकटबाट देशलाई पार लगाउनका लागि एकताबद्ध र सुदृढ नेपाली कांग्रेसको आजको आवश्यकता हो । सबैलाई समेटेर सशक्त र एकताबद्ध कांग्रेस निर्माणमा सभापतिको ध्यान पुगोस्, अनि लोकतन्त्रको रक्षा र सुशासन दिन सफलता मिलोस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।