कांग्रेस महाधिवेशनका लागि टाँसिएका प्रचार सामग्री हटाइयाे

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाइएको छ । 

बुधबार १४औं महाधिवेशनस्थल भृकुटीमण्डप परिसरलगायत काठमाडौं उपत्यकामा टाँगिएका प्रचारप्रसार सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिले हटाएको हो । 

नेपाली कांग्रेसको सभापतिका लागि दोस्रो चरणमा भएको मतगणना र परिणाम सार्वजनिक भएसँगै प्रचारप्रसारका लागि टाँगिएका सामग्रीहरू हटाउनुका साथै प्रदर्शनीमार्गमा भएको फोहोरसमेत सफा गरिएको नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले बताए । 

उनले प्रचारप्रसारका लागि टाँगिएका ब्यानरलगायतका सामग्रीहरूको सरसफाइ थालिएको बताए।

नेता शर्माले भने, ‘प्रचारप्रसार सामग्रीहरू जति हामीले टाँसेका थियौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको क्रममा प्रचारप्रसार भयो । केन्द्रीय प्रचारप्रसार समितिले उपत्यकाव्यापी जुन एक हप्ते प्रचार अभियान गरेको थियो । त्यसक्रममा टाँसिएका सामग्री जति छन्, ती सबै सामग्रीहरू केन्द्रीय प्रचारप्रसार समितिअन्तर्गतका सबै साथी मिलेर सरसफाइ गर्ने क्रममा लागेका छौं । प्रदर्शनीमार्गमा हामीले सबै सामग्री सफाइ गरेका छौं ।’

मंसिर २४ गतेबाट सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर २९ गते बुधबारबाट सकिएको छ । अझै सभापति बाहेकका अन्य पदाधिकारी तथा केन्द्रिय सदस्यहरूको मतगणना भने बाँकी नै छ । 



१४औं पार्टी केन्द्रीय महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवा विजयी भएका छन्। पहिलो चरणमा नेपाली कांग्रेसको विधानअनुसार सभापतिका ५ उम्मेदवारमध्ये कसैले पनि ५० प्रतिशत मत प्राप्त गर्न नसक्दा दोस्रो चरणको मतदान भएको थियो । 



  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १२:०:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया