आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउने मुख्यमन्त्री राउतको विश्वास
फरकधार / २९ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

प्रदेश–२ को आठौं अधिवेशन आजदेखि सुरु भएको छ । बिहान ११ बजे बस्ने भनिएको आठौं अधिवेशनको पहिलो बैठक निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सुरु भएको हो । 



बैठकमा मुख्यमन्त्री लालबाबु राउतले आठौं अधिवेशनले प्रदेशको राजधानी र नाम टुंगो लगाउने विश्वास व्यक्त गरेका छन् । 



उनले सरकारमा रहेका विभिन्न विचारधारा बोकेका र राजनीतिक पृष्ठभूमि भएकाहरूलाई एक भएर अगाडि बढ्न आग्रह गरे । मुख्यमन्त्री राउतले सरकारका घटक नेताहरूसँग पनि छलफल गरेर प्रदेशको नाम र राजधानीको निकास दिनु आवश्यक रहेको बताए । 



उनले भने, ‘थुप्रै विधेयकहरू टेबुलमा छ । यसप्रति पनि सबैले ध्यान दिएमा सबै विधेयकहरू समयमै पारित हुनेछ ।’



मुख्यमन्त्री राउतले वीरगञ्जमा प्रादेशिक प्राविधिक विश्वविद्यालय र राजविराजमा कृषि विश्वविद्यालय अध्यादेशमार्फत खोलेकाे सो अध्यादेश पारित गरी निकास दिन प्रतिपक्षी दलसँग आग्रह समेत गरे । 





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १२:४४:३७,   अन्तिम अपडेट : मंसिर २९, २०७८ बुधबार १२:४६:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया