कांग्रेस सभापतिमा निर्वाचित देउवालाई प्रचण्डको बधाई

नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका शेरबहादुर देउवालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले बधाई दिएका छन् । प्रचण्डलाई देउवाले टेलिफोन गरेर बधाई दिएको उनको सचिवालयले जनाएको छ । 

कांग्रेसको १४ औँ महाधिवेशनबाट प्रधानमन्त्रीसमेत रहेका देउवा दोस्रोपटक पार्टी सभापतिमा निर्वाचित भएका हुन् । देउवाले निकटतम प्रतिद्वन्द्वी डा. शेखर कोइरालालाई हराउँदै सभापतिमा दोस्रो पटक निर्वाचित भएका हुन् । 

कांग्रेसको निर्वाचन समितिले दिएको जानकारीअनुसार दोस्रो चरणमा खसेका मतमध्ये देउवाले २ हजार ७२४ अर्थात् ५९.५ प्रतिशत मत ल्याएका छन् । उनका प्रतिस्पर्धी कोइरालाले १ हजार ८१७ मत ल्याएका छन् ।

महाधिवेशनमा पहिलो चरणमा देउवा र सभापतिका अन्य प्रत्यासी कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ कसैले पनि ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणमा मतदान भएको थियो ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १४:६:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया