क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ । रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रूपमा माफी मागेका हुन् ।
‘दण्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् ।
यौन दुर्व्यवाहरकाे घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरू पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा वहालवाला गरि ११ जना सैन्य अधिकारी बर्खास्तगीमा परेका छन् । उनीहरूमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।
पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरूमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।