कोहलीको स्पष्टीकरण : रोहित र मबीच कुनै विवाद छैन

भारतीय टेस्ट टोलीका कप्तान विराट कोहलीले आफूले कहिल्यै पनि एकदिवसीय टोलीबाट हट्ने कुरा नगरेको बताएका छन् । 

दक्षिण अफ्रिका भ्रमणमा निस्कनुअघिको पत्रकार सम्मेलनमा उनले आफू एकदिवसीय टोलीको हिस्सा रहेको र टिमबाट बाहिरिने विषयमा बिसिसीआइसँग कुरा नगरेको बताएका हुन् ।

पछिल्ला केही दिनयता भारतीय सञ्चारमाध्यमा विराट एकदिवसीय टोलीबाट बाहिरिन चाहेको खबर आइरहेका थिए । 

कोहलीले आफूलाई एकदिवसीय टोलीको कप्तानीबाट हटाउने विषयमा पहिल्यैदेखि चर्चा चलेको कुरा पनि अस्वीकार गरेका छन् । 

कोहली भन्छन्, ‘मलाई केबल डेढ घण्टाअघि मात्र बिसिसीआइको फोन आएका थियो र मलाई भनिएको थियो की पाँचै चयनकर्ताको फैसालाअनुसार एकदिवसीय टोलीको कप्तानीबाट हटाइएको छ ।’ 

बिसिसीआइले केही दिनअघि मात्र कोहलीको स्थानमा रोहित शर्मालाई भारतीय एकदिवसीय टोलीको कप्तानी सुम्पिएको थियो ।



एक दिनअघि मात्र पूर्व क्रिकेटर मोहम्मद अजहरुद्दिनले कोहली एकदिवसीय टोलीबाट बाहिरिन चाहेको र रोहितसँग विवाद रहेको भन्दै ट्वीट गरेका थिए ।

कोहलीले अजहरुद्दिनको ट्वीटको जवाफ दिँदै पोस्ट गरेका छन्, ‘रोहितसँग मेरो कुनै विवाद छैन । म यो विषयलाई लिएर २ वर्षदेखि स्पष्टीकरण दिँदै आएको छु र अहिले पनि कोशिस गरिरहेको छु ।’ 



भारतका खेलमन्त्री अनुराग ठाकुरले पनि बुधबार खोलो इन्डिया महिला हक्की प्रतियोगिताको उद्घाटन समारोहमा यो विषयलाई उठान गरेका छन् । 
उनले भनेका छन् ‘खेल ठूलो हो र खेलकुदमा खेलभन्दा ठूलो अरु हुनै सक्दैन । कुन खेलमा खेलाडीबीच के चलिरहेको छ मलाई कुनै जानकारी छैन । त्यो त सम्बन्धित खेल संस्थालाई नै थाहा होला ।’

कोहलीले यही वर्ष भारतीय टि–२० टोलीको कप्तानी छाडेका थिए । बिसिसीआइले उनलाई कप्तानबाट नहट्न आग्रह पनि गरे पनि विराट आफ्नो निर्णयबाट पछि हटेनन् । 

कोहलीले एकदिवसीय टोलीको कप्तानी भने नछाड्ने इच्छा देखाएका थिए तर बासिसीआइले उनलाई सो जिम्मेवारीबाट हटायो । 

अहिले दुवै टोलीको कप्तानी रोहित शर्माले गरिरहेका छन् । यही कारणले पनि कोहली र रोहितबीच राम्रो सम्बन्ध नरहेको चर्चा चल्दै आएको छ ।  

भारतले घरेलु दक्षिण अफ्रिकासँग समान ३ खेलको टेस्ट र एकदिवसीय सिरिज खेल्नेछ । टेस्ट डिसेम्बर २६ र एकदिवसीय जनवरी १९ देखि सुरु हुनेछ । 
 

  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार १७:३३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया