\
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । उपसभापतिको मतगणना केन्द्रीय कार्यालय सानेपामा गरिँदै छ ।
यसअघि सभापति पदमा भएको मतदानको मतगणना राष्ट्रिय सभागृहमा गरिएको थियो । अन्य पदको मतपेटिका भने सोमबार मतदानलगत्तै सानेपा पुर्याइएको थियो ।
कांग्रेस उपसभापतिका लागि शेरबहादुर देउवाको प्यानलबाट विजयकुमार गच्छदार र पूर्णबहादुर खड्का, शेखर कोइराला समूहबाट चन्द्र भण्डारी र धनराज गुरुङ, प्रकाशमान सिंह प्यानलबाट सुजाता कोइराला र विमलेन्द्र निधि प्यानलबाट दिव्यश्वरी शाह रहेका छन् । महेश आचार्य भने कुनै पनि प्यानलमा परेका थिएनन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।