संघीय निजामती ऐन छिट्टै आउँदै

झापा– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघीय निजामती ऐन चाँडै आउने बताएका छन् । झापाको अर्जुनधारामा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिना अघिदेखि मन्त्रिपरिषद्मा निजामती ऐनका विषयमा भइरहेको छलफल सकिएपछि सार्वजनिक गर्ने बताए । 

उनले स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा–सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको जानकारी दिए । 

मन्त्री पण्डितले प्रतिपक्षी दल कांग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको उल्लेख गर्दै सरकारमा भएका वेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दाबी गरे । यसैबीच, मैथिली समाज अर्जुनधाराले मन्त्री पण्डितलाई कदरपत्रसहित सम्मान गरेको छ । 
 





  • प्रकाशित मिति : मंसिर ८, २०७५ शनिबार १७:३६:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया