कांग्रेस महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिएका महेश आचार्यको सुरुवाती मतगणनामा निकै कम मत आएको छ ।
सुरुका तीन सय मत गन्दा उनले २५ मत मात्र पाएका छन् ।
उनी उपसभापतिमा कुनै पनि प्यानलबाट उठेका थिएनन्, उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
तीन सय मत नै गन्दा धनराज गुरुङ, पूर्णबहादुर खड्का र विजयकुमार गच्छदारले सयभन्दा बढी मत पाइसकेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।