कांग्रेस महाधिवेशनः उपसभापतिमा विजय गच्छदार र चन्द्र भण्डारीको कडा प्रतिस्पर्धा

कांग्रेस महाधिवेशनमा उपसभापति पदका लागि भएको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । कांग्रेस पार्टी कार्यालय सानेपामा जारी मतगणनामा ९ सय मत गन्दा पूर्णबहादुर खड्का सबैभन्दा अगाडि देखिएका छन् ।

उनको भन्दा ३ मत कम ल्याएर धनराज गुरुङले उनलाई पछ्याइरहेका छन् ।

यी दुईपछि विजय गच्छदार र चन्द्र भण्डारी झन्डै बराबर मतका साथ सँगसँगै अगाडि बढेका छन् । उपसभापतिमा गुरुङ र भण्डारी शेखर कोइराला प्यानलका हुन् भने गच्छदार र खड्का सभापति शेरबहादुर देउवा प्यानलका ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २०:२३:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया