कांग्रेस महाधिवेशनः २३ मत गन्दा कोइराला प्यानलका अगाडि

नेपाली कांग्रेसको उपसभापति पदका लािग भएको निर्वाचनको मतगणनामा सभापतिमा उम्मेदवारी दिएका शेखर कोइराला प्यानलका दुई उम्मेदवार धनराज गुरुङ र चन्द्र भण्डारीले अगुवाइ गरेका छन् । 

२३ सय मत गन्दा गुरुङ ९६० मत ल्याएर अगाडि छन् भने चन्द्र भण्डारी ८७० मतसहित दोस्रो स्थानमा छन् । 

सभापति शेरबहादुर देउवा प्यानलका पूर्णबहादुर खड्का र विजयकुमार गच्छदार तेस्रो र चौथो नम्बरमा छन् । उनीहरुको क्रमशः ८४० र ६६० मत आएको छ ।

यो मतगणना कांग्रेस पार्टी कार्यालय सानेपामा भइरहेको छ । आज साँझ मतगणना सुरु भएको हो ।

यसअघि कांग्रेस सभापतिमा शेरबहादुर देउवा निर्वाचित भइसकेका छन् ।





  • प्रकाशित मिति : मंसिर २९, २०७८ बुधबार २१:३१:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया